काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।
बेलायतमा अहिलेसम्म १ लाख १६२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने ३६ लाख ८९ हजार ७४६ जनालाई कोरोना संक्रमण भएको छ । यसलाई लिएर प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक रुपमा जिम्मेवारी लिँदै दुख व्यक्त गरेका छन् ।
उनले यति धेरै मानिसको मृत्यु भएकोमा दुख मनाउँदै यो सबैको जिम्मेवारी लिने बताएका हुन् ।
उनले भने, ‘मलाई यसबाट धेरै दुख लागेको छ, म सबै मृतकप्रति समवेदना प्रकट गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया