२ वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अर्घाखाँचीमा आफ्नै २ वर्षीया छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । छोरीको हत्या गरेको अभियोगमा शितगंगा नगरपालिका-२ झिर्रा बस्ने २४ वर्षीय सन्तोष घिमिरेलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको अवस्थामा घिमिरेले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?