काठमाडौं । भारतको राजस्थानस्थित टोंक जिल्लाको सदर थाना क्षेत्रमा मंगलवार राती सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
ट्रेलर र जीप एक आपसमा ठोक्किँदा मध्यप्रदेशमा बस्ने एकै परिवारका ८ जनाको मृत्यु भएको हो ।
चार जना घाईते भएका छन् भने एक तीन वर्षीया बालिका सुरक्षित रहेको बताइएको छ ।
घाइतेको उपचार भइरहेको छ । मृतकमा चार पुरुष, दुई महिला र दुई बच्चा रहेका छन् ।
उनीहरु खाटू श्यामजीको दर्शन गरेर घर फर्किंदै थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया