पार्टी एक नभए दुवै समूहको भोट बाँडिन्छ, नेकपा हार्छ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एक भएर नगएमा तेस्रो पार्टीले सरकार चलाउन पक्का भएको दाबी गरेका छन् ।

नेकपाको एकता राष्ट्रिय अभियानका अध्यक्ष समेत रहेका गौतमले अघिल्लो निर्वाचनमा आएका मत विभाजन हुने भएकाले दुवै समूहले हार्ने दाबी गरेका हुन् ।

अघिल्लो निर्वाचनमा तत्कालिन एमाले र माओवादी मिलेर ४३ लाख भोट पाएको बताउँदै आगामी निर्वाचनमा आधा आधा भोट पाप्त गर्दापनि साँढे २१ लाख मत मात्रै प्राप्त हुने बताए ।

“अघिल्लो निर्वाचनमा हामीले प्राप्त गरेको मत ४३ लाख र नेपाली कांग्रेसले प्राप्त गरेको मत ३० लाख थियो । हामीले प्राप्त गरेको भोट बाँडिने हो भने साँढे २१ लाख मत प्राप्त हुन्छ ।” उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने । “हामी पराजित हुने भन्दा विकल्पै छैन् । हामीले प्राप्त गरेको मत विभाजित हुने पक्का छ । ”

पार्टी एकताले जनतामा लहर आएको तर दुई अध्यक्षले पार्टीलाई चिरा चिरा पारेको बताए । जसका कारण आम जनता र कार्यकर्ताहरु निराश भएको गौतमले बताए । त्यस्तै दुवै समूहका नेतृत्व गरिरहेका केपी शर्मा ओली र प्रचण्डले आफूलाई आगामी निर्वाचनमा बहुमत प्राप्त गर्छु भनेर लागेपनि मत प्राप्त हुन कठिन रहेको औँल्याएका छन् । “पार्टीलाई चिरा चिरा पार्न खोज्नुभएको छ । जनताहरु निराश भएका छन् । कार्यकर्ताहरु निराश भएका छन् । दुई वर्षको निर्वाचनमा हामी नै बहुमत हासिल गर्छौ भनेर दुवै समूह लागेका छन् ।”  गौमतले भने ।

त्यस्तै जुट्नु भन्दा ठुलो शक्ति अरु केही हुन नसक्ने भन्दै पार्टी एकताको लागि आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?