पुलिसलाई एपीएफको २ सय ४ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लवंलाई २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । एपीएफका लागि शंकर रानाले ४४ रन जोडे ।

यस्तै भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन जोडे । सुवास खकुरेल र कमल ऐरीले समान १९-१९ रन बनाए ।

कप्तान शरद भेषवाकरले १८ रन जोडे ।

पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?