काठमाडौं । संसारकै ठूलो गुफा ३२६ दिनपछि पर्यटकका लागि खोलिएको छ । सान डोंग नामको यो गुफा भियतनाममा क्वांग विन्ह प्रान्तको नेशनल पार्कमा रहेको छ ।
यो वैश्विक महामारीको कारण मार्च २०२० मा बन्द भएको थियो ।
![]()
यो गुफा ९ किलोमिटर लामो, २०० मिटर चौडाईको र १५० मीटर अग्लो छ । यो भित्र न्यूयोर्क जस्ता ४० तलाको भवन बन्न सक्छ । यसलाई भियतनामको ग्रेट वाल पनि भनिन्छ ।

यो भित्र साना १५० वटा गुफा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया