घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सयले बृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ८ सय रहेको थियो । भने आज मूल्य गिरावट आइ प्रतितोला सुन ९२ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्यमा ५ रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १२ सय ५५ रहेको थियो । भने आज १२ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?