काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीहरुलाई खोप पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधवार (आज) खोप अभियानको भर्चुअल रुपमा शुरुवात गर्दै प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका हुन् । त्यस्तै सरकारले दशैँ तिहारको समयमा कोरोना उकालो लाग्ने र मंसिरपछि क्रमशः कोरोना जोखिम कम हुँदै जाने प्रक्षेपण गरेको र त्यो पुरा भएको समेत बताए ।
अभियानलाई शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भारतले खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै विश्वलाई चुनौति दिएको कोरोना महामारीविरुद्ध खोप उत्पादन गर्ने बैज्ञानिक तथा सरोकारवालालाई धन्यवाद दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया