अमेरिकी राजदूत बेरी र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘अध्यक्ष’ माधव नेपालसँग भेट गरेका छन्। मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका राजदूत बेरीले अध्यक्ष नेपालसँग भेट गरेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

बेरीले सोमवार नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट गरेका थिए। जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै राजदूत बेरीले नेपालका शीर्ष नेताहरुसँगको भेट बाक्लो बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?