सांसद र संविधानसभाका सदस्यहरु पनि आजदेखि धर्नामा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा सांसदहरुले आज बुधवारदेखि माइतीघरमा धर्ना दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध संघीय र  प्रदेश सांसदहरु तथा तत्कालीन संविधान सभाका सदस्यहरू आज धर्नामा बस्न लागेका हुन् । धर्ना माघ २१ गतेसम्म चल्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त कदमको विरोधमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहसहित प्रतिपक्षि दलहरुले विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत नै सो समूह निकटका सांसदहरु धर्नामा बस्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?