फेसबुकको नयाँ फिचर: प्रयोगकर्ताले समाचार र मिडियाले पैसा पाउने

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले बेलायतमा आफ्नो नयाँ फिचर फेसबुक न्युज लञ्च गरेको छ। एन्ड्रोइड र आइएसओमा उपलब्ध फेसबुक न्युजमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय गरी सयौं मिडिया हाउसका समाचार पढ्न सकिने फेसबुकले जनाएको छ ।

फेसबुक न्युजमा आएका समाचार प्रयोग गरेबापत् उसले मिडिया हाउसहरूलाई पैसा तिर्नेछ। बेलायती प्रयोगकर्ताका लागि फेसबुकले द गार्जियन, द इकोनोमिस्ट, द इन्डिपेन्डेन्टलगायत अन्य दर्जनौं मिडिया हाउससँग सम्झौता गरेको छ।

यो फिचर यसअघि संयुक्त राज्य अमेरिकामा शुरु भइसकेको छ । सन् २०१९ मा यो सेवा अमेरिकाका केही भागमा परीक्षण गरिएको थियो। पछि जुन २०२० मा अमेरिकाभरि नै यो फिचर उपलब्ध गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?