पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै बामदेव, दुवै अध्यक्षलाई निम्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् । पार्टी विभाजन जस्तै भइसकेको अवस्थामा गौतमले एकता अभियानको घोषणा गर्न लागेका हुन् ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । सो कार्यक्रममा दुवै समूहका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओली र दाहाललाई निम्तो दिइएको भए पनि दुबै जाने नजाने भने निश्चित छैन ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ओली र प्रचण्ड दुई समूहमा विभाजित भएपछि गौतमले कुनै समूहमा नलाग्ने बताउँदै आएका थिए । यद्यपी उनले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमको भने विरोध गर्दै आएका थिए ।

निर्वाचन आयोगले टुक्रिएको नेकपालाई मान्यता नदिएर पुरानै अवस्था कायम रहने निर्णय गरेपछि गौतमले एकता अभियानलाई तिब्रता दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?