प्रदेश १ का एक/दुई स्थानमा हल्का हिमापातको संभावना

काठमाडौँ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमापातको संभावना रहेको महाशाखाको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?