आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु

लोकपथ
0
Shares

बुधबारदेखि कोभिड –१९ (कोरोनाभाइरस) विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरिँदैछ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे टेकु अस्पतालबाट गर्ने कार्यक्रम रहेको छ ।

सरकारले भारतबाट अनुदानमा ल्याएको खाप लगाउन सुरु गर्न लागिएको हो । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।

यता काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ ।
स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?