भीम रावलको कटाक्ष- ‘ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बाले’

काठमाडौँ– नेकपा प्रचण्ड–माधव समूहका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले अपराधको पाप पखाल्न प्रधानमन्त्री केपी ओली पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध मुगुको गमगडीमा आयोजित सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे । उनले भने, ‘नागरिक समाज, कानुन व्यवसायीदेखि चौतर्फी बिरोध हुन थालेपछि आफुले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराधको बत्ती बालेर अपराध पखालिँदैन ।’

पूर्वमन्त्री समेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप समेत लगाए । यस्तै देश र जनताविरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गर्दै कोरोनाभाइरस नियन्त्रणमा कुनै चासो नदिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?