यस्ता पनि बाबु जसले आफ्नै छोरीको हत्या गरे

काठमाडौँ– अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् ।

स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको आज दिउँसो डोरीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए।

विगत केही महिनादेखि श्रीमतीसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीय छोरीको बाबुले हत्या गरेको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?