जुम्लाको भीषण आगलागी नियन्त्रण बाहिर, २८ घर नष्ट

काठमाडौँ– जुम्लाको तिला गाउँपालिकाको पोख्री गाउँमा भिषण आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ । प्रहरीका अनुसार आगलागी नियन्त्रण बाहिर रहेको छ । गाउँ सदरमुकामबाट टाढा भएकोले प्रहरी र सशस्त्र प्रहरीको टोलि घटनास्थल तर्फ जाँदै गरेको भट्टराईले बताए।

आगलागीबाट भएको क्षतिबारे एकिन विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?