पाँच वर्षका लागि प्रधानमन्त्री बनेका जुसेप कोन्टेद्वारा राजीनामा

RSS
0
Shares

काठमाडौँ– इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलवार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराएका छन् ।

सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ ।” राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजिनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ ।

गणतन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ । यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्नेछ ।

वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?