घूससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ– अख्तियारले घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव(इन्जिनियर सुरेन्द्र अधिकारीविरुद्ध अख्तियारले मंगलवार मुद्दा दायर गरेको हो । आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत एक लाख पचास हजार रुपैयाँ लिएको आरोपमा उनी पक्राउ गरेका थए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?