भाइरल बनेका अर्जुन बिक पक्राउ

काठमाडौँ– सामाजिक संजालमा भाइरल बनेका अर्जुन बिक पक्राउ परेका छन् ।

जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा उनलाई पक्राउ गरिएको हो । उनलाई गत माघ ८ गते काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो । अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो ।

उनीमाथि १३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । कानुनत १८ वर्ष भन्दा मुनिकालाई सहमतिमै शारीरिक सम्बन्ध राखेपनि जबरजस्ती करणी मानिन्छ ।

उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उनी भाइरल भएका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?