बाँके प्रहरीको फरार अभियुक्त पक्राउ अभियान, ५१२ प्रतिवादी पक्राउ

RSS
0
Shares

काठमाडौँ– चोरी र बहुविवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँके जिल्ला अदालतबाट चोरी मुद्दामा २०७७ कात्तिक २२ गते एक वर्ष ११ महिला ३ दिनको सजाय पाएका प्रतिवादी मातादिन काँदुलाई प्रहरीले आज पक्राउ गरेको हो । बाँकेको जानकी गाउँपालिका–२ बस्ने ५१ वर्षीय काँदुलाई आजै जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

यसैगरी, बहुविवाह मुद्दामा २०७७ कात्तिक २० गते ११ महिना १२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ उदरापुर बस्ने २१ वर्षीया बिनाकुमारी खटिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत हालसम्म बाँके प्रहरीले ५१२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

यसैबीच बाँके प्रहरीले एक ग्राम ब्राउसुगरसहित रझेना निवासी २२ वर्षीय होमबहादुर सार्कीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्जको जमुनहास्थित चेकपोष्टमा जाँचका क्रममा सार्कीलाई ब्राउन सुगर बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?