काठमाडौं स्थित भारतीय दूतावासमा भारतको ७२ औँ गणतन्त्र दिवस मनाइयो

काठमाडौं । काठमाडौं स्थित भारतीय दूतावासमा भारतको ७२ औँ गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राद्वारा भारतीय झण्डा अनावरण गरी कार्यक्रमको शुरुवात गरेका थिए ।

No description available.

कार्यक्रममा परराराष्ट्र मन्त्री प्रदिप ज्ञावाली र राजदूत क्वात्राले सामुहिक रुपमा र नेपाल भारत सम्पर्क समिती र पूर्व राष्ट्रपती रमवरण यादवले www.samparkbharatnepal.com उद्घाटन गरेका थिए ।

No description available.

वीर नारी, युद्धमा मारिएका सैनिक श्रीमतीहरुलाई ३ करोड ६८ लाख रकम र ब्ल्यांकेट वितरण गरेका थिए । सो अवसरमा सबै प्रदेशका ५० पुस्तकालयलाई पुस्तक पनि वितरण गरिएको थियो ।

No description available.

कार्यक्रममा भारतमा अध्ययन गरेका प्रमुख नेता, अधिकारी, कलाकार, पत्रकार र सार्वजनिक व्यक्तित्वहरू उपस्थित थियो । उनीहरूलाई भारत र नेपाल बीच जनताको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदानका लागि सम्मानित गरिएको छ ।

No description available.

सो अवसरमा भारतीय दूतावासले आयोजना गरेको थ्रु माई लेन्स फोटोग्राफी प्रतियोगिताको शीर्ष तीन पुरस्कार विजेतालाई प्रमाणपत्र र चेक हस्तान्तरण गरिएको थियो ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?