ग्लोबल ओरियन्समा छापा, लाखौँ मूल्यका अवैध सामान बरामद

RSS
0
Shares

झापा । झापाको दमक–६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ । सो क्रममा लाखौँ मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

दमक–६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । आज (मंगलवार) इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

उनका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य तीन करोड रहेको अनुमान छ । बरामद गरिएको सामानको मूल्यको बिल भने ८७ लाख २६ हजार ५२० रहेको पाइएको छ । काठमाडौंको बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यवस्तु खरिद गरेको र अन्य वस्तु भन्सार तथा राजस्व छली गरी ल्याइएको आशङ्कामा प्रहरीले ती सामान बरामद गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?