बुधवार तपाईका लागि कस्तो छ दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल माघ १४ गते । बुधवार । इ.स.२०२१ जनवरी २७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– चतुर्दशी,२४ बजेर ५१ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–पुनर्वशु,२७ बजेर ५० मिनेट उप्रान्त तिष्य । योग–विष्कुम्भ,२१ बजेर १० मिनेट उप्रान्त प्रिती । करण–गर,१२ बजेर ४० मिनेट उप्रान्त वणिज,२४ बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–गद योग । चन्द्रराशि–मिथुन,२१ बजेर ३७ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेटमा,सूर्यास्त १७ बजेर ३९ मिनेटमा । दिनमान २६ घडी ४० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आँट,साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ । छोटो दूरीको रमाईलो यात्राको तय गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैयाँ पैसा कमाउन सकिनेछ । मिहेनतले प्रतिष्पर्धी हरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । शत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दूरीको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत् अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरुका लागि पद प्राप्तीको योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैंकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेको छ । अध्ययनमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरीने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुसार नचल्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । व्यापारमा मन्दी आउने तथा साझेदारी व्यवसायमा लगानी कर्ताबीच कुरा नमिल्दा समस्या उत्पन्न हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मनमुटाव बढ्नेछ तथा घर परिवारमा राय बाजिनेछ । पढाई लेखाईमा मन जानछैन । भौतिक सम्पत्ती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरुको सहयोग पाईने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय उत्रम रहेको छ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिष्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । बैक तथा वित्तीय क्षेत्रको लगानी अथवा त्यो सँग सम्बन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दूरीको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?