अभिनेत्री सोङ्ग यू जङ्गको २६ वर्षको उमेरमा निधन

काठमाडौं । दक्षिण कोरियाली नायिका तथा चर्चित मोडल सोङ्ग यू जङ्गको २६ वर्षको उमेरमा निधन भएको छ ।

उनको शनिवार निधन भएको हो । तर अहिलेसम्म उनको मृत्यु के कारणले भयो भन्ने बारेमा पत्ता लाग्न सकेको छैन । उनको म्यानेजमेन्ट एजेन्सीले सोङ्ग यू जङ्गको निधनको खबर पुष्टि गरेको छ ।

सोमवार अर्थात् २५ जनवरीमा परिवारका सदस्यको उपस्थितीमा सोङ्गको अन्तिम संस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?