वैवाहिक जीवनमा बाँधिएका मुख्यमन्त्री राईले सार्वजनिक गरे श्रीमतीसँगको तस्वीर

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई माघ ११ गते आइतवारबाट वैवाहिक जीवनमा बाँधिएका छन् ।

मंगलवार वैवाहिक समारोहको तस्वीरहरु सार्वजनिक गर्दै मुख्यमन्त्री राईले शुभकामना दिनेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

“प्रत्यक्ष र बिभिन्न माध्यमबाट बधाई, शुभकामना र आर्शीवाद दिनु हुने सबैमा हामी द्वय जोडीको तर्फबाट हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दछौं ।” सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री राईले भनेका छन् ।

त्यस्तै माघ १६ गते शुक्रवार विराटनगरमा आयोजना गरिएको बधाई तथा शुभकामना र आर्शिवाद प्रदान तथा ग्रहण कार्यक्रममा उपस्थितीका लागि समेत मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।

तस्वीरहरु हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?