गायक सनम लामाको आकाशको जुन सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सनम लामाको स्वर रहेको ‘आकाशको जुन’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

आधुनिक शैलीमा तयार गरिएको गीतमा शब्द सौरभ राणा मगर तथा संगीत सनम लामाकै रहेको छ भने सविन लिम्बुले एरेन्ज गरेका हुन् ।

चर्चित इन्टरटेनमेन्टलेनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन अर्जुन क्षेत्रीले गरेका हुन् । ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु खेसेहाङ खजुुम, दिलिप खड्का र नारायण काफ्लेको अभिनय देख्न सकिन्छ ।

बिशाल प्याकुरेलको छायाँकन, गणेश राइको कथा रहेको भिडियोको सम्पादन सनम लामाले गरेका हुन् । गीतलाई दासि इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?