अभिनेत्री जयश्रीको शंकास्पद मृत्यु : २०२० मा पनि गरेकी थिइन् आत्महत्याको प्रयास

काठमाडौं । कन्नड अभिनेत्री जयश्री रमैयाको शव शंकास्पद अवस्थामा भेटिएको छ । बैंगलुरुस्थित आवासमा डोरीमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । जयश्रीले आत्महत्या गरेको अनुमान लगाइएको छ ।

यद्यपी, यस घटनाको जाँच अझै पुलिसले गरिरहेको छ । गत वर्ष पनि जयश्रीले आत्महत्याको कोशिस गरेकी थिइन् । यस क्रममा दक्षिण भारतका सुपरस्टार किच्चा सुदीपले जयश्रीलाई बचाएका थिए ।

जुलाई २०२० मा जयश्रीले सामाजिक सञ्जालमार्फत आफू डिप्रेसनसँग जुधिरहेको र संसार छोड्ने निर्णय लिएको बताएकी थिइन् । यद्यपी, तत्कालीन समय अभिनेता किच्चा सुदीप उनको सहयोगका लागि पुगे र ज्यान पनि जोगाए ।

त्यसपछि जयश्रीले यस पोस्टका लागि माफी माग्दै आफूलाई सहयोग गरेकोमा सुदीपलाई धन्यवाद दिएकी थिइन् ।

जयश्री बिग बोस कन्नडको तेस्रो सीजनमा पनि देखिएकी थिइन्, किच्चा सुदीपले नै यसलाई होस्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?