विवाहपछि वरुण धवनले अन्य अभिनेत्रीसँग काम नगर्ने, चर्चामा अभिनेत्रीको कमेन्ट

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र नताशा दलालको विवाह चर्चामा छ ।

उनीहरुलाई बधाई आइरहेको छ ।साउथ अभिनेत्री श्रद्धा श्रीनाथले पनि उनीहरुलाई शुभकामना दिएकी छन् । तर श्रद्धाले बधाई दिएको तरिका भने केहि फरक छ ।

उनले लेखेकी छन्, ‘यो कुराको अफसोस छ कि, हामी अब उनलाई स्क्रीनमा फेरि देख्न सक्दैनौँ, उनको ससुरालीले अब उनलाई अन्य दोश्रो हिरोइनसँग काम गर्न दिनेछैन, हुन सक्छ अब उनी, मेल ओरिएण्टेड फिल्ममा काम गर्नेछन्, उनी कसरी आफ्नो पर्सनल लाइफ र वर्क लाइफमा ब्यालेन्स मिलाउनेछन्, उनलाई मिस गरिन्छ, फेरि पनि शुभकामना वरुण ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?