वरुण धवनलाई पाकिस्तानबाट आयो विवाहको शुभकामना

काठमाडौं । बलिउड अभिनेता वरुण धवनले २४ जनवरीमा प्रेमीका नताशा दलालसँग विवाह गरे ।

अलीबागको मेन्सन हाउस रिजर्टमा दुवै जनाले सात फेरा लिए ।

अहिले उनीहरुलाई विवाहको बधाई आइरहेको छ ।

भारतबाट मात्रै होइन उनीहरुलाई पाकिस्तानबाट पनि विवाहको बधाई आइरहेको छ ।

पाकिस्तानी अभिनेत्री माहिरा खानले उनीहरुलाई विवाहको बधाई दिएकी छन् ।

उनले वरुण धवनले शेयर गरेको एक तस्वीरमा कमेन्ट गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?