प्रधानमन्त्री ओलीलाई रामकुमारी झाँक्रीले दिइन् कागजी तानाशाहको संज्ञा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मन्दिरमा दर्शन गरेकोप्रति प्रतिकृया जनाएकी छिन् ।

प्रधानमन्त्री ओलीले शक्तिपिठहरु धाउँनुले राजा ज्ञानेन्द्रका कारण राजतन्त्र नासिँदै गएको अवस्थामा नागरिक अभिनन्दन गर्दै शक्तिपिठहरु धाउँदै गरेको याद आएको बताएकी छिन् ।

प्रधानमन्त्री ओलीको सरकारलाई कागजी तानाशाहीको संज्ञा दिँदै उनको दिनगन्ती शुरु भएको टिप्पणी गरेकी छिन् ।

नेतृ झाँक्रीले फेसबुकमा लेखेकी छिन्, “तत्कालिन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिदै थियो,ठिक त्यही बेला उनले ‘नागरीक अभिनन्दन’ खादै देशभरीका शक्तिपिठ धाउदै गरेको खुब याद आयो खड्ग प्र. शर्मा ओलीले शक्तिपिठ धाएको देखेर। उनको दिनगन्ति सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?