माउन्ट केटु आरोहण गरेका नेपाली टोलीलाई राहुल गान्धीले दिए शुभकामना

काठमाडौं । पाकिस्तानको विश्वकै दोश्रो अग्लो हिमाल माउन्ट केटु सफलतापूर्वक आरोहण गरेका नेपाली आरोहण टोलीलाई भारतीय कांग्रेस नेता राहुल गान्धीले बधाई तथा शुभकामना दिएका छन्।

उनले सोसल मिडियामा एक पोस्ट शेयर गर्दै बधाई दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली टीम र नेपाललाई बधाई, नेपाली शैलीको उपलब्धीका लागि।’

पाकिस्तानमा रहेको माउन्ट केटु हिमाल हिउँद याममा आरोहण गरेर नेपाली टोलीले कीर्तिमान राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?