पाकिस्तानमा कडा सुरक्षाकाबीच करीमा बलोचको शव गाडियो

काठमाडौं । पाकिस्तान सरकारकी आलोचक, महिलाको अधिकारका लागि लड्ने कार्यकर्ता र बलूच समुदायकी ३७ वर्षीया नेतृ करीमा बलोचको शव बलूचिस्तान प्रान्तस्थित उनकै गाउँमा लगेर कडा सुरक्षाका बीच गाडिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाई भन्ने करीमा बलोच २२ डिसेम्बरमा क्यानडाको टोरन्टोमा संदिग्ध अवस्थामा मृत फेला परेकी थिइन् ।

अधिकारीहरुले सोमवार यसको जानकारी दिएका छन् ।

२०१६ देखि क्यानडाा बसीरहेकी करीमा पाकिस्तानी सुरक्षा एजेन्सीको कट्टर आलोचक थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?