कस्ले प्रचार गर्‍यो नारायण वाग्लेले भन्दै नभनेको कुरा ?

काठमाडौं । पत्रकार, लेखक एवम् नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले आफूले भन्दै नभनेको कुराहरु राखेर गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

संसद विघटनविरुद्ध नागरिक आन्दोलनको अगुवाई गरिरहेका अभियान्ता वाग्लेले सोमवारको प्रदर्शनलाई सम्बोधन गर्दा आफूले भन्दै नभनेको कुराहरु दुस्प्रचार गर्ने प्रयास भएको बताए ।

सोमवार वाग्लेसहित नागरिक आन्दोलनका अगुवाहरु संसद विघटनविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । आन्दोलनरत नागरिक अगुवाहरुमाथि प्रहरीले धरपकड गरेको थियो । सभालाई सम्बोधन गर्दै वाग्लले भनेका थिए, “बालुवाटारमा बसेकोले पहिला देशभर मन्दिर बनाउँछु भन्दै हिँडे। अहिले पूजा आरती गर्दै हिँड्दैछन्। संविधानमा धर्मनिरपेक्षता लेखिएको तर ओलीले त्यही संघीयता र धर्मनिरपेक्षता खलबल्याउन चाहेका हुन्।”

तर उनको फोटोमा अर्कै लेखेर प्रचार गरिएको उनले बताएका छन् । “संविधानमा धर्म निरपेक्षता लेखिएको छ । त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ । धर्म निरिपेक्षताका लागि मन्दिरहरु भत्काउनुपर्छ । पुजापाठ बन्द गरिनुपर्छ ।” उनको फोटो राखेर यी शब्दहरु लेखिएको छ ।

 

मंगलवार बिहान ट्वीट गर्दै मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो ? भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै नागरिक आन्दोलनलाई विकर्षित गर्न यस्ता चालहरु रचिएका कारण सावधान रहन समेत आग्रह गरेका थिए ।
किन ? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है १ ट्वीट गर्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?