नयाँ घर खोज्दै राजकुमार राव, सोसल मिडियामा फ्यानसँग मागे सहयोग

काठमाडौं । आफ्नो अपकमिङ फिल्मका प्रमोशनको लागि कलाकारहरुले सोसल मिडियाको सहयोग लिएको त हामीले देखेका नै छौँ ।

कुनै पनि शोको सहारा लिएर आफ्नो आपकमिङ फिल्मको प्रमोशन गरिरहेका हुन्छन् । तर यस्तो पनि कहिले देख्न पाइन्छ । अहिले बलिउड अभिनेता राजकुमार राव पनि अन्य कलाकारको जसरी नै दर्शकको ध्यान आफूतिर तान्नका लागि यस्तै गरिरहेका छन् ।

हालै उनले एक ट्वीट गर्दै लेखेका छन्, यदि कसैलाई नयाँ शहरमा नयाँ घर लिने मन लाग्यो भने के गर्ने ? कोहिसँग आइडिया छ ? उनको यो पोस्टमा फ्यानहरु आफ्नो राय दिइरहेका छन् ।

अभिनेता करणवीर बोहराले पनि यसमा कमेन्ट गरेका छन् । मनोज बाजपेयीको एक ट्वीटलाई जोडेर हेर्ने हो भने, उनले आफ्नो अपकमिङ वेब सीरीज द फेमिली म्यानको दोश्रो सीजनको प्रमोशनल स्टन्ट भएको अनुमान लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?