ट्रम्पविरुद्ध महाअभियोग : बाइडेन भन्छन्-‘पूर्वराष्ट्रपतिविरुद्ध महाअभियोग आवश्यक छ’

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोश्रो महाअभियोगको कारबाही सोमवारबाट शुरु भएको छ ।

हाउस अफ रिप््रजेन्टेटिभ्सले यसको प्रस्ताव सीनेटमा पठाएको छ ।

यसमा ट्रम्पविरुद्ध लगाइएका सबै आरोप सामेल गरिएको छ ।

दोश्रो तर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ट्रम्पविरुद्ध महाअभियागको समर्थन गरेका छन् ।

पूर्व राष्ट्रपतिलाई ८ फेब्रुअरीबाट आफ्नो कुरा राख्ने अवसर मिल्न सक्नेछ ।

ट्रम्पविरुद्ध मुख्य आरोप ६ जनवरीमा इलेक्टोरल कलेजको भोटिङको बेला समर्थकलाई हिंसा भड्काउन लगाएको रहेको छ । त्यो बेलाको हिंसा ५ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?