६ महिनापछि डब्ल्यूएचओसँग फेरि जोडियो अमेरिका

काठमाडौं । अमेरिका ६ महिनापछि एक पटक फेरि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग जोडिएको छ ।

नयाँ राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसला उल्टाइदिएपछि यो सम्भव भएको हो ।

ट्रम्पले डब्ल्यूएचओलाई कोरोनासँग लड्न असमर्थ रहेको बताएका थिए ।

उनले डब्ल्यूएचओ चीनको नियन्त्रणमा रहेको, त्यसैले डब्ल्यूएचओबाट आफू अलग्गिएको बताएका थिए ।

बाइडेनको यो फैसलाले डब्ल्यूएचओलाई ठूलो फाइनेन्सीयल सहयोग मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?