विराटनगर । सुनसरी र संखुवासभाको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परि दुई सहचालकको मृत्यु भएको छ ।
सुनसरी रामधुनी-७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । सोमवार (हिजो) दिउँसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी-६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते भएका सदाको धरान घोपामा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसै गरी संखुवासभा पाचखपन-३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन-६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ ।
सोमवार बेलुका ६ बजेको २ त ५०१० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया