जम्मू-कश्मीरको कठुआमा हेलिकप्टर दुर्घटना, एक पाइलटको मृत्यु

काठमाडौं । जम्मू-कश्मीरको कठुआमा भारतीय सेनाको एडभान्स लाइट हेलीकप्टर दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का पाइलटको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा दुवैजना पाइलट गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई नजिकैको बेस अस्पतालमा उपचारका लागि लगिएको थियो ।

जसमा एक पाइलटको मृत्यु भएको हो ।

भारतीय रक्षा मन्त्रालयका प्रवक्ताले यसको जानकारी दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?