गोकुल बाँस्कोटाको टिप्पणी : ‘हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे’ !

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले सोमवार भएको नागरिक आन्दोलनका बारेमा प्रतिकृया जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बाँस्कोटाले हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे भन्दै टिप्पणी गरेका छन् । संसद विघटनविरुद्ध सोमवार प्रधानमन्त्री निवास बालुवाटारअघि आन्दोलन गर्न गएका नागरिक अगुवाहरुलाई प्रहरीले धरपकड गरेको थियो । उक्त आन्दोलनमा केही नेताहरु पनि गएका थिए । जसलाई आलोजना गर्दै नेता बाँस्कोटाले नेकपाको प्रचण्ड-माधव समूह र कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षहरु नै नागरिक अगुवा बनेर आन्दोलनमा गएको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा नेता बाँस्कोटाले लेखेका छन्, “कम्युनिष्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे,त्यो पनि पुमा र पौडेल पक्ष मिलेकोमा मात्र।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?