गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध

बारा । बाराको गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाईएको छ । टिकटक बनाउनेहरुका कारण दर्शनार्थीहरुलाई असर परेकाले बाराको महागढिमाई नगरपालिकाले बरियारपुरमा अवस्थित गढिमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन प्रतिबन्ध लगाएको हो ।

आफनो गाउँठाउका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकोले सो टिकटक मन्दिरमा प्रतिबन्ध लगाएको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् । पढ्ने उमेरका बालबालिकाहरु विदेशी संस्कारको नक्कल गर्दै अमर्यादित तरिकाले टिकटक बनाउन नपाइने निर्देशन जारी गरेको उनले बताए । टिकटकले समाजमा विकृति फैलिरहेको भान हुन साथ आफुले सो कदम उठाएको समेत नगरप्रमुख यादवले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?