आजको मौसम: पश्चिमी वायुको प्रभावले सामान्य बदली हुने

काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभावले अहिले देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आज राती प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।

यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियसमा झरेको छ । हिजो उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । रातको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको मौसमविदले बताएका छन् । पानी पार्ने शक्तिशाली प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै रहने छ । सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?