अब के गर्ने ? नेकपाका दुबै समूह आन्तरिक छलफलमा

लोकपथ
0
Shares

निर्वाचन आयोगले राजनीतिक रुपमा विभाजित नेकपा कानुनी रुपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन् ।
केपी शर्मा ओली र प्रचण्ड– नेपाल समूहबीच को आधिकारिक भन्ने विवादमा आयोगले दुवै पक्षको दावी अस्वीकार गरी साविकको एउटै दल भएको निर्णय आइतबार दिएको थियो ।
अब कसरी अघि बढ्ने भन्ने विषयमा दुवै समूह रणनीति बनाउन व्यस्त रहेको खबर नागरिक दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?