गगनको गर्जन- ‘तानाशाहहरू जनतालाई हेप्छन् अनि आफैं सकिन्छन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नागरिक अभियन्ताको आन्दोलनमाथिको दमन र गिरफ्तारीको विरोध गरेका छन् ।

सोमवार राति सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो ।’ उनले अगाडि भनेका छन्, ‘तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन् ।’

प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए । पानीको फोहरा र लाठी चार्जका कारण प्रदर्शनमा सहभागी भएकाहरुमध्ये दर्जन भन्दा बढी घाइते भएका थिए ।

नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमवार साँझ विज्ञप्ति प्रकाशित गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?