काठमाडौँ– ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जारी वृहत् नागरिक आन्दोलनको क्रममा आज भएको मार्चपासमा प्रहरी दमन हुँदा एक दर्जन बढी नागरिक घाइते भएका छन् ।
बृहत नागरिक अभियानको तर्फबाट युव पाठकले जारी गरेको विज्ञप्तिमा प्रदर्शनमा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते उल्लेख गरिएको छ । घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमाडौँ मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ ।
यस्तै गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् ।
घटनाको नेकपा प्रचण्ड-नेपाल समूहले पनि विरोध जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया