प्रचण्ड–माधव समूहले भन्यो, ‘बालुवाटारमा बल प्रयोगले निरंकुश चरित्र उदांगो भयो’

काठमाडौँ- नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनको विरोध गरेको छ ।

सो समूहका तर्फबाट केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा उत्रदा गरिएको दमनले सरकारको अलोकतान्त्रिक एवम् निरंकुश चरित्र उदांगो भएको उल्लेख गरिएको छ ।

यसबाट संघर्षको आवश्यकता र औचित्य थप बढेर गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज सोमवारको प्रदर्शनमा सहभागी थिए। आजको प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई कमलपाेखरीकाे माटाे निधारमा लगाएर संयुक्तरुपमा बालुवाटारतर्फ मार्च गरेका थिए।

झडपमा केहि अभियन्ताहरु घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?