नागरिक अभियन्तामाथि बालुवाटारमा बर्साइयो लाठी र पानीको फोहरा (भिडियो)

काठमाडौँ– नागरिक अभियन्ताहरुमाथि बालुवाटारमा लाठीचार्ज भएको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज सोमवारको प्रदर्शनमा सहभागी थिए। आजको प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई कमलपाेखरीकाे माटाे निधारमा लगाएर संयुक्तरुपमा बालुवाटारतर्फ मार्च गरेका थिए।

झडपमा केहि अभियन्ताहरु घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?