प्रधानमन्त्री कपको सेमिफाइनल खेल्ने सबै टीमको टुङ्गो लाग्यो

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनलमा समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब पुगेका छन् ।

आज (सोमवार) समूह चरणका अन्तिम दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चारवटै टीमको टुङ्गो लागेको हो । एपीएफ समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने आर्मी समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

यस्तै वागगमती समूह बी को विजेता बन्दा पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब पहिलो सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन् भने दोस्रो सेमिफाइनल वाग्मती प्रदेश र आर्मीबीच प्रतिष्पर्धा हुनेछ ।

पहिलो सेमिफाइनल माघ १४ गते र दोस्रो सेमिफाइनल माघ १५ गते हुनेछ । दुवै खेल टीयू मैदानमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?