मंगलवार कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल माघ १३ गते । मंगलवार । इ.स.२०२१ जनवरी २६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– त्रयोदशी,२४ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–आद्र्रा,२६ बजेर ४९ मिनेट उप्रान्त पुनर्वशु । योग–वैधृति,२१ बजेर ५५ मिनेट उप्रान्त विष्कुम्भ । करण–कौलव,११ बजेर ५४ मिनेट उप्रान्त तैतिल,२४ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा,सूर्यास्त १७ बजेर ३८ मिनेटमा । दिनमान २६ घडी ४७ पला । अन्तर्राराष्ट्रिय भन्सार दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

न्यायालयसँग सम्वन्धीत कामहरु धाती राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धब हरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्यम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछि परिनछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

तपाईले शुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारीक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया प्रेममा शंका उपशंकाहरु हट्दै जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मिष्टान्न भोजन,उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ नयाँ आम्दानीका स्रोतहरु फेला पर्नेछन् । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तर पनि लामो दूरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत् आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पूरा गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनीतिज्ञको लागी समय मध्ययम रहेकोछ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्यून हुनेछ । बुबा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाई लेखाईमा समय दिएपनि नतीजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अप्ठ्यारा परिस्थितीसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइ कै सवालमा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानीबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय र परिस्थितिले साथ नदिँदा व्यापारमा लगानी डुब्ने खतरा रहेको छ । व्यापारकै सवालमा गरीने यात्रा निस्फल हुनेछ । सानो बिषयमा घर परिवार तथा आफन्तसँग राय बाजिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकतामा रमाउन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा कमजोर भएको महशुस हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा अरु नै हाबी हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयत्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अरुको विस्वास जिती काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । कामगर्ने भन्दा आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजाँदा नतिजा अरुतिर नै जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्र्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?