“ओली तानाशाह लादेर भएपनि सत्तामा बसिरहन चाहन्छन्”- माधव नेपाल (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफुहरुको लडाइ गलत विचारको विरुद्द भएको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफुहरुको लडाइ सहि बिचारको निम्ति र गलत विचारको विरुद्ध रहेको बताएका हुन् । पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभई पार्टीलाई बिचार, बिधि, पद्धती र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति र गलत बिचारको विरुद्धको भएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको बताए । प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भएपनि सत्तामा बसिरहन चाहेको उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?